विवादमा आएपछि बालगायिका कमला घिमिरेले मागिन माफी

 


काठमाडौं । बालगायिका कमला घिमिरेले माफी मागेकी छन् । आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी हुन् । प्रत्यक्ष लोकदोहोरी ‘छहारी बजारमा’ सुमन परियारसँग गाएको गीतका कारण कमला घिमिरे विवादमा परेकी थिईन । सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा विवादले घेरिएको छ ।

हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप कतिपयको छ । कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन् भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् । सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका छन् ।

फेसबुकमार्फत गायिका घिमिरेले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् । उनी लेख्छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ उक्त गीत आफ्नै रचनामा गाएको पनि उनले स्वीकारेकी छन् । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।

बालगायिका कमला घिमिरेले लेखेको पुरा स्टाटस यस्तो छ पढ़ह्नुहोस- सबैलाइ नमस्ते म हजुरको छोरी/बहिनी कमला घिमिरे । सर्बप्रथम त सबैलाइ यो जानकारी गराउछु कि छहारी युट्युब च्यानलमा अपलोड भयको दोहोरी जस्लाइ अहिले विभिन्न टिकाटिप्प्ननी गरियको छ त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइयको गीत होइन तर पनि त्यो गीतलाई जसरी अहिले बुझियको छ र जुन तरिकाले हल्ला गरियको छ यो देख्दा चाहिँ म आफै पनि छक्क छु अझ बढि दुखी छु ।

राम्रै गरि हेरेरै हिडदा पनि त कहिले काहीँ ठेस लाग्ने गर्छ हो त्यस्तै भयो दाइ सुमन परियार सङ मैले गीत गाउदा गाउन बसियो गाउदै जादा माया पिरतिको कुरा आयो माया पिरतिको कुरा आउदा जान अन्जानमा केही त्यस्ता शब्द आय जुन कसैलाइ लक्षित गरेझै भयो, बुझाइ सकारात्मक भन्दा नकारात्मक भयो, जसरी अहिले दिदी समिक्षा अधिकारीलाइ लक्षित गरेर गीतलाइ सामाजिक सन्जालमा भाइरल गरियको छ ।

यो कुराले दिदिलाइ पर्न गयको असर, दिदिको आत्म सम्मान मा पर्न गयको असर प्रती हृदयबाटै माफी माग्छु आफ्नै सानी बहिनी सम्झियर माफ गरिदिनुहोला आइन्दा यस्तो गल्ती हुनेछैन र अर्को कुरा जसरी अग्रज कलाकारहरुले यो गीतलाइ लियर पक्ष विपक्ष गर्दै बोल्नुभयको छ ।

म बाट गल्ती हुदा मलाइ सम्झाएको भय म कति खुसी हुन्थेहोला हजुरको उपदेश शिरोभार गर्थेहोला तर मन क्षेत बिक्षेत हुनेगरी लेखियो बोलियो यस्ले एक्दम दुखी बनायो खैर केही छैन अब उपरान्त गीत गाउदा एकदम ख्याल राख्नेछु, हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हटन चाहान्न, सधै हजुरहरुकै प्रिय बन्न पाउ, गीत सङीतमै रम्न पाउ, कहिकतै बिरायछु भने सल्लाह सुझाब दिदै गर्नु है र अन्तयमा फेरि पनि माफी माग्दछु । हजुरकै कमला ।

Comments