सन्तोष सेन र प्रदीप खड्कालाई लाग्यो यस्तो गम्भीर आरोप, प्रेमगीत ३ का डाइरेक्टर सन्तोष सेनले ५ करोड ठगेको भन्दै मुद्धा
- Get link
- X
- Other Apps
फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाएका हुन् ।
फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।
‘विपक्षी र मेरो बीचमा डिसेम्बर ६, २०२० अर्थात् नेपाली मिति २०७७।०८।२१ गर्न मा सम्पन्न भएको सम्झौता मुताविकको शर्त विपक्षीले पूरा नगरी उल्लंघन गरेको पूराका लागि फोनवाट बारम्बार ताकेता गर्दा फोन नउठाउने, विपक्षीको घरमा जाँदा भेटसम्म नदिएकोले विपक्षीले म बाट लिएको उल्लेखित रकम अनुचित तरिकाले पचाउने दूषित नियत देखिएकोले विपक्षी
यस संघको सदस्य समेत भएको कारणले विपक्षीलाई यस संघमा झिकाइ सम्झौता अनुसारको म बाट लगेको भारतीय रकम रु ३ करोडको हुन आउने नेपाली रु ४ करोड ८० लाख रकम र विपक्षी लगायत उक्त चलचित्रका नायक प्रदीप खड्का, ललित विष्ट र विपक्षी समेतलाई मुम्बई जाँदा प्लेनमा लगेको टिकटको रकम रु ४,५०,०००। ९चार लाख पचास हजार० सहित जम्मा रु ४ करोड ८४ लाख ५० हजार रुपैयाँ विपक्षीबाट असुल उपर गराइ न्याय दिलाई पाउँ’ राईले निर्माता संघमा दिएको उजुरीमा उल्लेख छ ।यस सम्बन्धमा निवेदन दर्ता भएर प्रक्रियागत रुपमा अगाडि बढेको निर्माता संघले जनाएको छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment