गीत विवादित बनेपछि कमला घिमिरेले भनिन्- आइन्दा यस्तो गल्ती हुनेछैन, छोरी र बहिनी सम्झिएर माफी दिनुहोला है
- Get link
- X
- Other Apps
लाइभ दोहोरी गीत विवादास्पद र आ’लोचित बनेपछि बालगायिका कमला घिमिरेले अन्तत माफी मागेकी छन् । गायिका समिक्षा अधिकारीलाई लक्षित गर्दे गीत गाएर आ’लोचित बनेकी उनले सामाजिक संजालबाटै माफी मागेकी छन् ।
फेसबुकमार्फत गायिका घिमिरेले ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिनु भन्दै लेखेकी छन् ।
उनले गीत गाएपछि उनको चर्को आ’लोचना भएको थियो । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।
उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’ उनले उक्त गीत सुमन परियारसँग मिलेर गाएकी थिइन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment