- Get link
- X
- Other Apps
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले जानकारी दिइन् ।
गायिका राउतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले नेपाल फिर्ता पठाइदिएको थियो । सांगीतिक कार्यक्रमका लागि उनी पाँचदिन अघि अमेरिका उडेकी थिइन् ।
कन्सर्टमा सहभागी हुन नपाएपछि गायिका राउतले दुःख व्यक्त गरेकी छिन् । समय र परिस्थितले जुराएमा अर्काे सांगितिक कार्यक्रममा भेट हुने विश्वास व्यक्त गर्दै उनले आयोजक टिमलाई धन्यवाद दिएकी छिन् । उनले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकी थिइन् ।
यद्यपी, यसबारे आफूले त्यहाँ जानकारी गराउँदा समेत अध्यागमनका कर्मचारीले नमानेको आस्थाले बताएकी छिन् । काठमाडौं दूतावासमा गएर पर्फमेन्स भिसा अर्थात पी–३ लिएर पुनः अमेरिका आउन भनिएको आस्थाको भनाई छ । आफू उक्त कार्यक्रममा सहभागी हुन नसक्ने भएपछि आस्थाले सामाजिक सञ्जालमार्फत दुःख समेत व्यक्त गरेकी छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment