अमेरिकाको मेरिल्याण्डमा घरमै सुतेको अवस्थामा नेपाली युवा भूपालको निधन !

 


एक नेपाली युवाको अमेरिकाको मेरिल्याण्ड राज्यस्थित रकभीलमा आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ । नेपालको उदयपुर जिल्लाकाे गाईघाटस्थित साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार बिहान निधन भएको पारिवारि श्रोतले जनाएकाे छ । भूपालको निधनको खबर नेपाल आफन्तलाई पनि पठाईसकिएको छ ।

राति छाेरा राेएपछि म श्रीमती उठ्दा उहांलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । उहाँ नबोलेपछि ईमरजन्सीमा कल गरें । रेस्क्यु टिमले बेड मै आएर प्रयास गरपनि ३ बजेतिर ‘डेथ डिक्लियर’ गरिदिएकाे उनकी श्रीमती पार्वती थापाले जानकारी गराइन् ।

भूपाल सोमबार बेलुका भर्जिनियामा रहेकाे आफन्तको घरमा भएको पूजामा गएकाे र त्यहाँ आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको र त्यसबेलासम्म ठीकै रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । पछि भूपाल घरमा आएर खाना खाएर सुतेका थिए ।

अहिले भूपालको शबलाई बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको र अन्तिम संस्कारका बारेमा निर्णय गर्ने पारिवारिक श्राेतले जनाएकाे छ । भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । भूपालकी श्रीमती पार्वती नेपालमा पत्रकारितामा सक्रिय थिए ।

सन् २०१८ मा नेपाल गएर उदयपुर बांसबोटेकी पार्बती थापा ‘पारू’ संग विवाह गरेर फर्किएका थिए । उनी अमेरिका गएकाे एक बर्ष मात्र भएको थियाे । छाेरा अहिले दुई महिनाका छन् । त्यही रहँदा उनीहरुबाट छोराकाे जन्म भएकाे थियाे ।

Comments