परस्त्रीसग लागेर सुत्केरी पत्निलाई कु’टेर हिडेका अर्जुन अझै घर फर्किएनन, श्रीमती यसो भन्छिन (भिडियो सहित)

 


काठमाडौँ । नवलपुरकी २४ वर्षकी अस्मिता चापागाईले २१ वर्षमा मागि विबाह गरिन् ।विबाह गरेको छोटो समयमा नै अस्मिताको अहिले साडे २ वर्षकी छोरी छिन् । अर्जुन ढुंगेल अर्थात अस्मिताका पतिलाई माग्नेकाम उनका हजुरबुबाले गरेका हुन् । विबाह भएको केही समयसम्म सम्बन्ध राम्रै थियो ।

छोरी जन्मिएपछि अर्जुनले अस्मितालाई माइत गएर बस्न आग्रह गरे । अर्जुनको आग्रहमा उनी माइत गइन् । सुत्केरी बस्न अस्मिता गएपछि अर्जुनलाई ससुरालीबाट ५० हजार सहयोग मिल्यो । तर अर्जुनले सहयोगको गुन अस्मिता र उनको परिवारलाई तिरेनन् ।

उनी एकाएक लापत्ता भए । अहिले अस्मिता पतिलाई खोजीदिन आग्रह गर्दै मिडियाका कार्यालयहरुमा धाउन बाध्य छिन् । अस्मिताले आफ्ना पति गायव हुनुको पछाडीको कारण अर्की केटी भएको आरोप लगाउँछिन् । परस्त्रीसग लागेर सुत्केरी पत्निलाई कु’टेर हिडेका अर्जुन भने अझै घर फर्किएका छैनन् ।

नवलपुरकी अस्मिताले घर परिवारले पनि आँफुलाई सासु ससुराहरुले पनि नराम्रो ब्यबहार गरेको आरोप लगाउँछिन् । उनले पतिले आँफुलाई हातपात गरेर घर छाडेको बताउँछिन् । हेर्नुहोस् भिडियो

Comments