होटलमा आगोलागेपछी झ्यालमा बसेर गुहार माग्दै यसरि परिवारसँग भिडियोमा कुरा गर्दै थिए निराकरले, उद्धार नहुदा सधैकालागि अस्ताए उनि


काठमाडौँ । कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ ।

पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए। पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानी परिवारले सेतोपाटीलाई उपलब्ध गराएको छ। उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइरन सुनिन्छ। कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ।

अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’ त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’

बिर्तामोडमा रहेका हजुरबुबा-हजुरआमा र मामाघरतर्फका हजुरबा-हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका छन्‚ ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा-मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा- राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’ उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए । हेर्नुहोस सेतोपाटीले निराकारका दाजु निरजसँग गरिएको भिडियो कुराकानी ।

Comments