स्विट्जरल्यान्ड देखि पैदल हिड्दै नेपाल आइपुगे यी व्यक्ति

 


स्विट्जरल्यान्ड देखि पैदल यात्रा गर्दै एक व्यक्ति नेपाल आइपुगेका छन । उनि हुन् थोमस केलेनबर्गर, उनि स्विट्जरल्याण्डबाट करिब १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका हुन् । उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।

यो पनि: अफगानिस्तानमा निमोनियाका बिरामी बढे- अफगानिस्तानमा निमोनियाका बिरामी बढ्न थालेका छन् । अफगानिस्तानको टोलो न्युजका अनुसार तालिबानले शासन चलाइरहेको उक्त मुलुकमा निमोनियाका बिरामी ह्वात्तै बढेका छन् ।

राजधानी काबुलमा रहेको इन्दिरा गान्धी बाल अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै टोलो न्युजले जनाएअनुसार हरेक दिन निमोनियाका ३० भन्दा धेरै बिरामी उपचारका लागि आउने गरेका छन् ।

हिउँद सुरु भइरहेका बेला चिसो मौसन, सरसफाईमा कमी र खराब हावाका कारण निमोनियाका बिरामी बढेको बताइएको छ । सरकारी अधिकारीले टोलो न्युजलाई दिएको जानकारीअनुसार यस वर्षको पछिल्लो ११ महिनामा निमोनियाबाट ९ लाख ६० हजारभन्दा धेरै बिरामी परेका छन् ।

यीमध्ये अधिकांश बालबालिका छन् । अफगानिस्तानमा निमोनियाबाहेक ६ सय जनाभन्दा धेरै हैजाका बिरामी पनि फेला परेका छन् । यसबाट १५ जनाको मृत्यु भइसकेको बताइएको छ ।

Comments