- Get link
- X
- Other Apps
काठमाडौं । विदेश जादै गर्दाको विमानस्थलको फोटो भाइरल भएपछी यि दुई मध्ये एक जनाले आफ्नो सामाजिक सन्जालमा यसो भनेका छन् ,आमा खाडी मुलुकनै भएपनी विदेश जाँदै छु है। पैसा कमायो भने फर्केर अवश्य घर आउने छु। तपाईंको प्यारो छोरो पैसा कमाएर घर आउने छ।
उनीहरू वैदेशिक रोजगारीको लागि मलेसिया जाँदै थिए। सोही क्रममा उनीहरूले बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल छोड्नु अघि खिचेको फोटो एकाएक चर्चामा आएको हो।
उमेर बढाएर मलेसिया हानिएका भाइरल कलिला युवाहरुले काम पाएको खबर छ । बालकैमा बिदेसिनुको अथाह पीडा र पढ्ने उमेरमा खाँडी जानुको बाध्यता आइलागेको छ। बाध्यताले मलेसिया पलायन भएका रुकुम पश्चिमका यी दुई किशोरको कथाले अहिले सामाजिक संजाल तताएको छ ।
यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको छ। फोटोमा देखएिका उनीहरु रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली रहेको पाइएको छ। उनीहरु मलेसिया जाँदैगर्दा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फोटो खिचिएको हो।
गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि उनीहरु विदेश गएको बताइएको छ। स्थानीय श्रीकृष्ण शर्माकाअनुसार आर्थिक अवस्था कमजोर भएपछि टेकराजले राम्रोसँग पढ्न पाएनन्। गाउँको विद्यालयमा सात कक्षा सम्म मात्रै पढे। उनी परिवार पाल्नकै लागि भारतमा मजदुरी गर्न गएका थिए। त्यहाँ राम्रो कमाइ नभएपछि उनी अहिले मलेसिया गएका हुन्।
उनीहरूको कलिलो अनुहारले १८ वर्ष पूरा पनि भएका देखिँदैन। स्थानीयकाअनुसार उनीहरूले भर्खरै १६ वर्ष टेके। तर विदेश जानकै लागि उमेर बढाएर नागरिकता लिएका थिए। बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारैबाट काम थालेका छन्।
एक पोल्टीफर्ममा काम गरिरहेको टेकराजका दाइ नाता पर्ने विजय तिरुवाले बताए। कुखुराका खाना ओसार्नेदेखि खुवाउनेसम्मका काममा उनीहरू लागेका छन्। बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारैबाट काम थालेका छन्।
- Get link
- X
- Other Apps

Comments
Post a Comment