- Get link
- X
- Other Apps
चार वर्षपछि कतारबाट घर फर्किँदै गरेका बिर्तामोड- ७ का राजेन्द्र श्रेष्ठ गाडीमै लुटिएका छन् । बिहीबार राति रात्रि बसमा काठमाडौँबाट घर फर्किँदै गर्दा उनी गाडीमै लुटिएका हुन् ।
कतारबाट काठमाडौँ आइपुगेपछि घर फर्किन उनी काठमाडौँ –काँकडभिट्टा चल्ने बा ०३–००१-ख-२०० नम्बरको बिहानी यातायातमा चढेका थिए । स्टाफहरूसँग सँगै खाना खाएका श्रेष्ठले ढल्केवरमा उनीहरूसँगै चिया पिएका थिए । त्यसपछि आफू बेहोस बनेको र गाडीमै आफ्नो दुई तोला सुनको औँठी र ४० हजार पर्ने मोबाइल लुटिएको उनले बताए ।
बुट्टावारिमा उतार्नुपर्नेमा उनलाई गाडीवालाले बिर्तामोडको पश्चिम स्ट्यान्डमा उतारिदिएका थिए । बेहोस अवस्थामै सिटीमा चढाइएका श्रेष्ठलाई आफूहरूले उपचार गरेर घर पुर्याएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
श्रेष्ठले गाडी स्टाफहरूमाथि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । शनिवार बस चालक र कन्डक्टर आएपनि सहचालक नआएकाले सोमवार सबैलाई उपस्थित हुने गरी बोलाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment