- Get link
- X
- Other Apps
काठमाडौं । नायिका वर्षा राउतलाई नेपाली चलचित्र क्षेत्रको स्पष्ट बोल्ने नायिका भनिन्छ । उनले आफ्नो मनमा लागेको कुरा फ्याट्ट बाहिर ल्याइदिन्छिन् ।
चाहे त्यो आफ्नो पारिवारिक कुरा नै किसन नहोस् । वर्ष संजोग कोइरालाबिचको सम्बन्धको खटपटको झिल्का गत वर्ष देखिएका बेला वर्षाले समकमजिब संजालमा आफ्नो धारणा राखेपछि फिल्मी क्षेत्रमा तहल्का नै मच्चिन पुग्यो ।
तर बुढा बुढीको झगडा परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् । यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए ।
रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न अगाडी आउँदा संजोगले यो प्रश्न नदहोराउन आग्रह गरे पनि उनले घुमाउरो शैलीमा ‘विधिको विधानमा लेखेको हुन्छ रे ।
जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’ भन्दै टार्न लखोजे । उता वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर प्रतिक्रिया दिइन् । यसैबिच कुराकानीकै क्रममा संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’
भन्दासाथ वर्षाले प्रतिउत्तरमा भनिन् ‘रिसालु श्रीमती परेपछि कहिले काहिँ यस्तो हुन्छ’ । गत वर्षको झगडाको दोष यसपटक मिडियाकै अगाडी आएर वर्षाले आँफुलाई दिइन् । लामो समय प्रेम सम्बन्धमा रहेर वर्षा र संजोगले २०७५ साल फागुन २ गते विवाह गरेका थिए ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment