- Get link
- X
- Other Apps
काठमाडौं – चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको बताइएको छ ।
उनलाई महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा सदस्य बनाइएको हो ।
उनलाई सदस्य बनाएसँगै कतै विरोध पनि सुरु गरिएको छ । एक दशकदेखि फिल्म करिअरमा व्यस्त पूजाले फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ ।
बोर्डले बुधबार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो । यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । पछिल्लो समय प्रेमी युद्ध बानियसँग प्रेममा रहेकी उनले खुलेर युद्धको तारिफ समेत गर्न थालेकी छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment