भाग्यले बचायो भन्दै चर्चित गायक हेमन्त शर्माले लेखे भाबुक स्टाटस

 


काठमाडौं । आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको जहाज भर्खरै सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लागेको थियो । आइतबार बिहान काठमाडौंबाट यती एयरको उक्त जहाज १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको थियो ।

पोखरामा आइतबार बिहान दुर्घटना भएको भएको यती एअरलाइन्सभन्दा संयोगबस आफू अघिल्लो विमानमा परेको गायक हेमन्त शर्माले बताएका छन्। उनले बिहानै बागलुङ जिल्लामा हुने महोत्सवमा जाने तरखरमा रहेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।

उनले लेखेका छन्, ‘धन्न आयोजक प्रशान्त भाइले टिकट केहि पछिको गरिदिएनछन्। आज म काठमाडौँबाट पोखरा उडेको करिब १ घण्टा पछि काठमाडौंबाट पोखराको लागि उडेको जहाज़ नराम्ररी दुर्घटना ग्रस्त भएछ। सँगै वेटिङमा रहनुहुने देखादेख भएकै कत्ति यात्रु पक्कै पर्नुभयौ। साह्रै दु:ख लाग्यो। सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।’

विमान अवतरण हुनै लाग्दा कास्कीस्थित सेति नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो । जहाज पूर्णरुपमा जलेको छ। जहाज दुर्घटनास्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भन्दा २ किमि टाढा मात्रै रहेको छ । जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।




Comments