अब बाँच्दीन होला ज’लेर खरानी हुनुभन्दा हा’म फा,ल्छु भन्दै निराकारका बाबु यसो भन्छन, घरमा बग्यो आशुको खोला (भिडियो सहित)
- Get link
- X
- Other Apps
निराकारका बाबू अग्निप्रसाद पाण्डे भन्नुहुन्छ आफ्ना अगाडि मृत्युबाहेक अरू केही विकल्प नभएपछि मान्छेले बाँच्ने उपाय खोज्दो रहेछ। छोराले होटलबाट हाम्फालेर बाँच्ने उपाय रोज्यो। तर, उसलाई पनि थाहा थियो कि, यति माथिबाट हाम्फाल्दा बाँच्न सकिँदैन भनेर। उसले होटलको १२औं तलाबाट हाम्फालेको देखिन्छ।
मेरो छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ। आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो। मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ। उसकी आमा, श्रीमती र परिवारका सदस्यलाई सम्हाल्न गाह्रो छ अहिले।
काँबुभन्दाको परिस्थितिमा मान्छेले के गर्न सक्छ र ? उसले जसरी घर परिवारका सदस्य र आफन्तलाई सम्झियो, यो जीवनको अन्तिम क्षणमा ठूलो कुरा रहेछ। भिडियोमा पनि उसले आफ्नो लास जसरी भए पनि घरपरिवारसँग पुर्याइदिन अपिल गरेको रहेछ। मैले उसले अन्तिम समयमा बोलेको भिडियो हेर्न सकेको छुइनँ। मनमा अनेक पीडा छन्।
उसको शव कसरी ल्याउने भन्ने चिन्ता छ। एमाले नेता अग्नि खरेलले शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइदिनुभयो। शव सकेसम्म छिटो नेपाल ल्याउने गरी नेता खरेल लाग्नु भएको छ। भर्खर थाइल्यान्डस्थित नेपाली दूतावासले शव बुझेको जानकारी पाएको छु। मंगलबारसम्म शव नेपाल आइपुग्छ भन्ने छ। दूतावासका प्रथम सचिव खगराज पाण्डेले शव बुझिसकेको थाहा पाएँ।
शव ल्याउन पहल थालियो – घटनापछि पाण्डेको शवलाई नेपाल ल्याउने भन्ने विषयमा पहल भइरहेको छ। एमाले नेता अग्नि खरेलले छोराको शव नेपाल ल्याउन पहल गरेको र मंगलबारसम्म नेपाल आइपुग्ने मृतकका बाबु पाण्डेले बताए। उनका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले पाण्डेको शव बुझेको छ।
दूतावासका प्रथम सचिव खगराज पाण्डेले शव बुझिसकेको उनले जानकारी दिए। आगो नियन्त्रणमा आउने छाँटकाँट नदेखेपछि पाण्डेले घटनाबारे परिवारका सदस्यलाई सुनाए। परिवारका सदस्यसँग ४ घण्टाभन्दा बढी कुरा भयो। आगलागीको दृश्य देखाउँदै उनले आफू मृत्युको मुखमा पुगेको र अब होटलको १२औं तलाबाट हाम्फाल्नुको विकल्प नभएको सुनाए।
आगोले शरीर जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास पाउँछ भन्ने उसको सोचाइ रहेछ’, झापाको बिर्तामोडमा रहेका भाइ निश्चल पाण्डेले भने, ‘आगो लागेपछि उसले उम्किन खोजेको तर प्रयास सफल नभएको बताइरह्यो।’ दाजु निरजका अनुसार कान्छा भाइ नीराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका हुन्।
कम्बोडियामा भाइ बसेको होटलमा आगलागी भएको थाहा भएपछि दाजु निरज श्रीमती र आमासहित बुहारी र भतिजो भेट्न सुकेधारा पुगेका थिए। भिडियो कलमा परिवारका सदस्यले नआत्तिन सम्झाइरहे। चाँडै उद्धार हुन्छ भन्दै आफूहरूले आत्मबल दिएको मृतकका जेठा दाजु निरज बताउँछन्।
- Get link
- X
- Other Apps

Comments
Post a Comment