- Get link
- X
- Other Apps
पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल अनि भिन्न बिषयमा रहेको छ । श्रीमती छँदाछदै कान्छी त्यसमाथी आफ्नै मामा पर्नेकि छोरी लिएर फरार रबिन्द्र परियार उनै महिलासँगै पक्राउ परेका छन । फरार पुरुषकि श्रीमती केही समय अगाडीमात्र यो गुनासो लिएर मिडियामा आएकी थिइन ।
फरार पुरुष अर्थात श्रीमानले भने मामाकी छोरी नरहेको र अहिलेसम्म मामामाईजु मानेर नगएको कुरा बताए । कान्छीको परिवारलाई मैले चिन्दासम्म पनि चिनेको छैन भन्छन उनी । कान्छीलाई भगाईसकेपछि मात्र आफ्नो नाता पर्ने कुरा थाहा पाएको उनले बताए । आफुले जेठीकान्छी दुबैलाई मिलाउन प्रयत्न गरेको तर केही उपाय नलागेको उनी बताउँछन ।
यता मामाकी छोरी पर्ने कान्छीले भने श्रीमानले आफुलाई घरसमेत ढाटेर फकाईफुल्याई आफ्नो जालमा फसाएको बताईन । सोलुखुम्बु घर भएकोमा उनले आफ्नो घर भक्तपुर भनी ढाटेका रहेछन । छोरी श्रीमती छ भनेर पनि नभनेको र आफू अविवाहित रहेको बताएपछि आफू जान तयार भएको कान्छी बताउँछिन ।
यता जेठी श्रीमती ममिता परियारले भने श्रीमानको सातो लिएकीछिन । कान्छी र श्रीमानलाई सबैकुरा थाहा भई भई नाटक पारेको उनको भनाई छ । अपाङ्ग छोरी बिरामी हुँदा समेत श्रीमान नआएपछि चन्दा उठाएर छोरीको उपचार गरे भन्दै भावुक बनिन उनी । श्रीमानले आफ्नो र छोरीको वास्ताकिस्ता नै नगरी कान्छीसँग रमाउदै हिडेको उनको गुनासो छ ।
जेठी र भान्जी पर्ने कान्छी श्रीमतीको भेट हुनासाथ हानाहान नै परेको छ । जेठीले भान्जीलाई एक झापड हानेकीछिन । जेठी श्रीमतीले भने श्रीमानसँग मिलेर बस्न नसक्ने र डिभोर्स दिने कुरा बताईन । आफ्नो लागि नभएपनि छोरीले पाउने अधिकार श्रीमानले दिनुपर्ने कुरामा जेठीले जोड दिईन । भान्जीलाई बोल्नै दिईनन जेठीले बोल्नासाथ दिइन एक चड्कन ।
जेठी श्रीमतीले श्रीमानको पहाडमा रहेक जग्गा छोरीको नाममा पास गरिदिएर १० लाख रुपैयाँ दिनुपर्ने माग गरेकीछिन । श्रीमानले डिभोर्स नदिएसम्म आफ्नो र छोरीको पनि ख्याल राख्नुपर्ने र निरन्तर सम्पर्कना रहनुपर्ने उनले बताईन । श्रीमानले महिनाको ५ हजारबापत घरखर्च दिने कुरामा पनि सहमति देखाएका छन । उनीहरुको अंशबण्डमा कुरा नमिलेपछि निकैबेरसम्म भनाभन पनि भयो ।
बाँकी हेर्नुस तलको भिडियोमा
- Get link
- X
- Other Apps

Comments
Post a Comment