निरा छन्त्यालको गाउको घरमा पुुग्दा जे देखियो, निराको यादमा आमाको बिजोक गाउँनै शोकाकुल (भिडियो सहित)

 

इन्द्रेणी टिम यतिबेला निरा छन्त्यालको घरमा पुगेको छ । गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य, प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमान जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ ।

बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैं निराका लागि यस वर्ष २०७९ नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइने छ ।

केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने अभिलाषामा पनि ठेस पुगेको छ । बडिगाड -८ का टीका पाइजाले निरा छन्त्यालले सानैदेखि रुची लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । भिडियो हेर्नुहोस् ।

Comments