- Get link
- X
- Other Apps
आ’त्म’दाहको प्रयास गर्ने प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ता’जनक रहेको अस्प’तालले जनाएको छ । आचार्यको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की कीर्तिपुर अस्प’तालमा पुगेकी छिन् ।
मन्त्री कार्कीलाई जानकारी दिँदै अस्पतालका चिकित्सक डा. सुरेन्द्र जङ्ग बस्नेतले आचार्यको ८० प्रतिशत भाग ज:लेको बताए । यद्यपि उनी होसमा रहेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
राज्यमन्री कार्कीले उप’चारमा कुनै कसुर नराख्न अस्प’ताललाई निर्देशन दिँदै भनिन्, ‘बचा’उन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’
आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उप:चार भइरहेको छ । उनले मंगलबार दिउँसो काठमाडौँको बानेश्वरमा आ:त्मदा’हको प्रयास गरेका हुन् ।
इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेम’प्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आ:त्मदा’हको प्रयास गरेपछि प्रहरीले उ:द्धार गरेको थियो ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment