विश्वभरका दर्शक रुवाउँदै अल्पायुमै बिदा भए भिम पौडेल, इन्द्रेणीमा कलाकारहरुको रुवाबासी (भिडियो सहित)
- Get link
- X
- Other Apps

डिप्रेसनका कारण दोहोरी गायक भीम पौडेलको नि’धन भएको आशंका गरिएको छ । चर्चित लाेकदाेहाेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाकाे शिखरमा पुगेका स्याङ्जाका गायक पाैडेलकाे बिहीबार राति करिब ११:२० मा निधन भएकाे हो । पारिवारिक स्राेतका अनुसार गायक पाैडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनकाे मृ”त्युकाे कारण भने खुल्न बाँकी छ।
उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी परेको उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन्। गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरि इएकाे छ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले पौडेलको अल्पायुमै निधन भएकोप्रति गहिरो दु:ख प्रकट गर्दै परिवारजन र आफन्तहरुप्रति समवेदना व्यक्त गरेका छन् । यस्तै पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि गायक पौडेलको निधनमा दु:ख व्यक्त गरेका छन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment