- Get link
- X
- Other Apps

कम्बोडियाको पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी भवनमा आगलागी परी ज्यान गुमाएका झापा बिर्तामोड निराकार पाण्डेको शव शुक्रवारसम्ममा नेपाल ल्याइने भएको छ । यसअघि मंगलवार नै उनको शव नेपाल ल्याउने भनिए पनि कानूनी प्रावधानका कारण उनको शव नेपाल ल्याउन ढिलाइ भएको थियो ।
उनको शव शुक्रबार राति साढे दस बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले) का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ। सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो।
कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो। तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ।
होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो। बिर्तामोड नगरपालिका–१ निवासी निराकारको गत विहीवार आगलागीमा परी मृत्यु भएको थियो । उनी बिर्तामोड नगरपालिका–१का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा हुन्
- Get link
- X
- Other Apps
Comments
Post a Comment