On भ्ल्गर तथा मेकअप आर्टिस्ट संगीता शाही पनि सोही विमानमा सवार थिइन, सबै सपनाहरु विलिन भएर गएपोखरामा आज भएको यती एयरलाइन्सको बिमान दुर्घटना परी मेकअप आर्टिस्ट संगीता शाहीको निधन भएको छ । उनी पेशाले मेकअप आर्टिस्ट हुन । उनी युटुबमा भिडियो समेत बनाउछिन । संगीता शाही नामको उनको युटुब च्यानलमा अहिले ६९ हजार भन्दा बढी सब्स्क्राइबर रहेका छन ।





आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ। एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो। के भएको रहेछ भनेर म घरको छतमा गएँ। छिमेकी दाइभाउजु भने जहाज दुर्घटना भएको भनेर कराउँदै थिए। उनीहरूले जहाज दुर्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन्।
मेरो घरबाट ५ मिनेटको दूरीमा दुर्घटना स्थल पर्छ। हामी पुग्दा स्थानीयले जहाजमा पानी हाल्दै थिए। जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं। केहीबेरमा सेना, प्रहरी, दमकल आएर उद्धार गर्न थाले।
मैले देखेअनुसार जहाजमा रहेकाहरू बाँच्ने सम्भावना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ।जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको देखिन्छ।जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ।
दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो। अहिले १२ बजेसम्म पनि उद्धार कार्य जारी छ। प्रहरी र सेनाले डढेका शव निकाल्दै छन्।
आइतबारको विमान दुर्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।

Comments
Post a Comment