- Get link
- X
- Other Apps
काठमाडौं । अहिले सामाजिक सञ्जाल चिडियाघरजस्तै बनेको छ । फेसबुक खोल्यो कि निजी फेसबुककर्ताको भित्तामा ‘मोटोवाला बाघ’ मात्र छ्याप्छ्याप्ती । थरीथरीका बाघका फोटाहरुले फेसबुक रंगीबिरंगी बनेको छ ।
प्रसंग हो, भाइरल बाघको अर्थात् सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरव सामुदायिक वनभित्रको सहिद पार्कमा १३ लाखमा बनाइएको भनिएको बाघको मूर्ति । उक्त मूर्ति सामाजिक सञ्जालमा पोष्ट्याइएपछि भाइरल बन्यो ।
हुनुपर्ने बाघजस्तो मूर्ति तर बाघको मूर्ति थियो के जस्तो जस्तो । भनौँ न तरकारी नकाट्ने हतियारजस्तो बोधो । सबैलेको खोजेको, चाहेको मूर्ति त ‘हेर्दै खतरनाक होस्, झम्टिने खालको होस्’ । तर, यो मूर्ति त्यस्तो छैन । बाघको अनुहार त पूरै पाउरोटीजसरी फुलिएको छ । त्यहिँ कारण पनि अहिले यो बाघको चर्चा छ बजारमा ।
बाघको मूर्ति बनाउने मूर्तिकार को होलान् ? कसरी यस्तो मूर्ति बनाउन सके होलान् ? भनेर धेरैले भन्ने गरेका छन् । तर, मूर्तिकार स्वयंले भने बाघको स्वरुप त्यस्तो नराम्रो भनेर मान्दैनन् ।
उनी भन्छन्, ‘त्यति नराम्रो पनि त थिएन त्यो, अलि मोटो भएर मात्रै त्यस्तो लाग्या होला।’
मूर्तिकार हुन्, सीताराम डिमडुङ । उनी एक जना कामदार राखेर उक्त मूर्ति पाँच दिनमा बनाइसकेको बताउँछन् । साथै, बाहिर ‘१३ लाखमा मूर्ति बनाएको’ विषयमा उनले असहमति पनि जनाएका छ्न् ।
उनी भन्छन्, ‘१५/२० लाख ज्याला पाएँ भने त मैले साँच्चिकै बोल्ने बाघ जस्तै बनाई दिन्छु। मैले एकजना काम गर्ने सहयोगी राखेर पाँच दिनमा सकाएको थिएँ।’
मूर्ति जम्मा २५ हजारमा बनाएको पनि उनले भनेका छन् । अहिले उनी ललितपुरमा बसेर काम मूर्ति बनाउने काम गरिरहेका छन् । मूर्ति बनाउने काम १५ वर्ष भइसकेको पनि उनले बताएका छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment