आचार्यको परिवारलाई विश्वभरबाट सहयोगको ओइरो

 

काठमाडौं । बानेश्वरको संसद भवन अगाडी आ’ त्मदा’ ह गरेका प्रेम प्रसाद आचार्यको मृ’ त्यु भएको छ । उनको मृ’ त्युपश्चात् विश्वभरबाट सहयोग गर्नेहरुको ओइरो लागेको छ । यतिबेला आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ ।

चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएकी छिन । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएकी छिन ।

आफूले शरीरमा आ’ गो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । नयाँबानेश्वरस्थित संसद भवन अगाडि आ’ त्मदा’ हको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा नि’ धन भएको हो ।

उनको मृ’ त्युपश्चात् सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो ।आचार्यको मृ’ त्युपश्चात् सामाजिक संजालहरुमा उनकी श्रीमतिको खाता नम्बर सार्वजनिक गरि सहयोग गर्न अपिल समेत गरिएको छ ।

विश्वभरबाट यतिबेला उनकी श्रीमतिको खातामा ब्यालेन्स ट्रान्सफर गरिएको ‘स्क्रिन सट’ सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवन अगाडि आ’ त्मदा’ ह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग भेटी मृ’ तक आचार्यले उठाएका मागको उचित छानबिन गर्ने आश्वासन दिएका छन् ।

संसद् भवन अगाडि आत्मदाह गरेका इलामका आचार्यको परिवारलाई बुधबार भेटेर सहानुभूति प्रकट गर्दै उनको माग छानबिन हुने आश्वासन दिएका हुन् ।संसद् भवन अगाडि आफ्नै शरीर जलाएपछि उनलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले यस्ता कुराबाट वाक्क भएर केही गर्नका लागि राजनीतिमा प्रवेश गरेको बताए ।

मृ’ तककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमान्‌ले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी छन् । उनले देशमै केही गरौँ भन्ने मान्छेको मृ’ त्यु भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरुको भविष्य के हुने हो ? मैले कसरी गर्ने; मेरा छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्; मैले सक्ने रोजगारी पनि दिनुस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले फारम भर्नसमेत लाखौं खर्च गर्नुपर्‍यो ?’ गृहमन्त्री लामिछानेले मृ’ तकका आफन्तलाई भेटेसँगै आफन्तहरुले श’ व बुझेका छन् ।

Comments