पब्जी उपविजेता डीआरएस टोली स्वदेश फर्कियो, स्वागत गर्न पुगे बालेन शाह (भिडियो सहित)

 


काठमाडौं । पब्जी ग्लोबल च्याम्पियनसिपमा उपविजेता बनेको डीआरएस गेमिङ सोमबार स्वदेश फर्किएको छ ।इन्डोनेसियाको जाकर्तामा सम्पन्न विश्व प्रतिस्पर्धामा उपविजेता बनेको डीआरएस टोली सोमबार साँझ स्वदेश फर्किएको हो । डीआरएस टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गरेका छन् ।

यस्तै टिमको स्वागतमा सयौं दर्शकले उपस्थित थिए । उनीहरुले नाराबाजीसहित मादल बजाउँदै टिमको स्वागत गरेका थिए । नेपाली टोलीले विश्वभरका उत्कृष्ट ४९ टिमलाई पछि पार्दै उपविजेता बनेको हो ।

उक्त प्रतियोगितामा उनीहरूले दुई लाख ९२ हजार अमेरिकी डलर अर्थात् तीन करोड ७० लाख बढी नेपाली रुपैयाँ जितेको छ । इ-स्पोर्टसमा नेपाली टोलीले प्राप्त गरेको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

इन्डोनेसियाको जाकार्तामा भएको प्रतियोगितामा डीआरएसले कुल १८ खेलबाट एक सय ५८ अंक बटुल्दै दोस्रो स्थान हात पारेको हो । प्रतियोगितमा नेपालबाट डीआरएस गेमीङ र टीटुके टेन्ड्र टू किल सहभागी थिए । १३ औं स्थान हात पारेको टीटुकेले एक करोड ७२ लाखभन्दा बढी रकम जितेको छ ।

Comments