निराकरको शव आजसम्म पनि आइनसक्दा निराकरकि भाउजूले लेखिन् भाबुक स्टाटस, परीवारमा चोट परिरहेको वेला भ्रामिक समाचारहरु नफैलाइदिन आग्रह!
- Get link
- X
- Other Apps
कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका-१ का निराकर पाण्डे फसेका थिए। त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए। त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो। होटलमा आगलागी हुँदा २६ जनाको मृत्यु समेत भएको थियो।
सामाजिक संजालमा कम्बोडियामा आगोलागीमा परि ज्यान गुमाएका विर्तामोड-१, झापाका ४० वर्षीय निराकार पाण्डेको शव नेपाल ल्याएको भन्ने हल्ला झुटो र भ्रमपुर्ण रहेको पारिवारिक श्रोतले जनाएको छ । सामाजिक संजाल र युट्युवहरुमा निराकारको शव नेपाल ल्याएको भन्दै झुटा खबरहरु फैलाएकोमा परिवारले आपत्ति जनाएको छ ।
सामाजिक संजालमा परिवारका तर्फबाट एक पोष्ट गर्दै एलिशा प्रसाईले लेखेकि छन् दादा निराकार पाण्डेको शव नेपाल ल्याइएको भन्ने सामजिक सञ्जाल मा भ्रामिक समाचारहरु फैलाइरहेका छन्, यो सब झुटो हुन, ।’
परिवारिक श्रोतका अनुसार निराकारको शब नेपाल ल्याउन अझै केही दिन लाग्ने छ नेपालवाच सँगको टेलिफोन सम्पर्कमा बहिनि एलिशाले यस्तो भ्रमपुर्ण खबरले परिवारलाई झनै मानसिक यातना दिएको भन्दै त्यस्ता खबर प्रशारण र प्रकाशन नगरि दिन संचारमाध्यमलाई आग्रह गरेकि छन् ।
यसैबीच निराकरकी भाउजुले लेखिकी छिन, “हाम्रो परिवारको साहसी हसिलो र मिलनसार स्वभावको व्यक्तित्व मेरो प्यारो देवर बावु निराकर पाण्डेको कम्बोडियाको पोइपेट स्थिति होटल Diamond city मा भएको अकल्पनिय दुर्घटनामा निधन भएको आज छेटों दिन भईसक्दा नि हामी शोकाकूल परिवारजनले उहाँको अन्तिम झलक हेर्न नि नपाएको दुःखद क्षणमा,
केहि अनलाइन समाचार र टिकटक एकाउन्ट बाट views कमाउने गलत सोचले डेड बडी नेपाल आईसकेको गलत र भ्रामक समाचार सम्प्रेषण गर्दै आइरहेको हुनाले कृपया यस्ता भ्रामक समाचार तुरुन्त हटाइदिनु होला साथै मरण जस्तो संम्वेदनशील विषयमा खेलवाड नगरी दिनुहुन नि अनुरोध गर्दछु । निराकारले गएको पुस १२ गते आफू बसेको होटलमा आगलागी भएपछि ज्यान जोगाउनका लागि १२ औं तलबाट हाम फालेका थिए ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment