विमान दुर्घटनामा मृत्यु भएकी गायिका निरा छन्त्यालको घरमा इन्द्रेणी पुग्दा चल्यो रुवाबासी (भिडियो सहित)

 

बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैं निराका लागि यस वर्ष २०७९ नै अन्तिम बन्यो । भिडियो तल छ हेर्नुहोला ।

यो पनि/ अन्य समाचार- हिमपातले हिमाली जनजीवन कष्टकर, किसानहरु खुशी, कर्णाली । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएका छन् । हिमपात भइरहे पनि सबै सरकारी कार्यालय खुला रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले राससलाई जानकारी दिए।

“नागरिकता बनाउन छिटपुटरुपमा सेवाग्रही आएकै छन् । चिसोबाट बच्न हामीले जुम्ला बजारका चोकचोक आगो बालेर ताप्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “चिसोबाट बच्ने उपायहरुबारे पनि स्थानीयलाई सूचना गरिएको छ ।” हिउँ परिरहेकाले लामो तथा छोटो दूरीका सवारी यातायात सञ्चालनमा आउन नसकेको प्रजिअ केसरीले जनाए।

जिल्ला प्रशासन कार्यालय हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले यस क्षेत्रमा कठ्याङ्ग्रिने चिसो बढेको बताए। “ चिसो निकै बढेकाले हामी प्रशासनमा आगो बालेर बसेका छौँ तर सेवाग्रही एकजना पनि आएका छैनन् ।” यसका कारण यातायातको एकमात्र विकल्प हवाई सेवा पनि ठप्प भएको निमित्त प्रजिअ सुवेदी जनाए।

चिसोले ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ‘ट्युसन’ अध्ययन गर्ने बालबालिका प्रभावित भएका छन् । हिउँ पर्दा भने किसानहरु हर्षित भएका छन् । सुक्खा खडेरीले हिउँदे बाली सुक्दै जाँदा चिन्तित बनेका किसानहरु भने पहिलो पटक हिउँ परेपछि खुशी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताए।

हिउँदे बालीको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात हुनुपर्ने यहाँका किसानहरु बताउँछन् । चन्दननाथ नगरपालिका–३ जुम्लाका मन्नु बुड्थापाले चिसोका कारण स्थानीयलाई हिँड्डुल गर्न र पशु चौपायालाई दाना पानी दिन समस्या भए पनि अन्नबालीका लागि राम्रो भएको बताए। हिमपातले गहुँ, जहुँ बाली सप्रिने र स्याउका बिरुवालाई फाइदा हुने बुड्थापाले बताए ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भोलिसम्म हिमपातको सम्भावना रहेको सूचनाबमोजिम यहाँका नागरिकलाई आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरिएको बताए।

Comments