दुहुनो भैंसी बेचेर टिकटक चलाउने आमा भन्छिन रिचार्ज कार्ड किन्दा धेरै ऋण लाग्यो अनि भैंसी बेचे

 


भैंसी बेचेर टिकटक – अछामको मेल्लेख गाउँपालिका–४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढाले टिकटक चलाउन गरेको रिचार्जका कारण भैंसी बेच्नुपरेको छ। टिकटक चलाउन मोबाइलमा रिचार्ज गर्दागर्दै ५० हजार ऋण लागेपछी बुढाले भैंसी बेच्नु परेको थियो। रंगा निरक्षर महिला हुन्।

उनले केही दिनको प्रौढ कक्षा मात्र पढेकी छन्। तर, अहिले उनी आफै टिकटक बनाउँछिन र पोस्ट गर्छिन्। अनि लाइभमा पनि बस्छिन्। रंगा बढीजसो टिकटक अछामको स्थानीय भाषामा बनाउँछिन्। उनको अधिकांश टिकटक भाइरल हुने गरेका छन्। अछामी भाषाको प्रचारप्रसार भएको भन्दै धेरैले उनको प्रसंशा गर्न थालेपछि उनलाई अझ टिकटक बनाउने जोश बढेको हो।

छोराछोरीले टिकटक चलाएको हेर्दा रमाइलो लाग्यो। छोराले टिकटक आइडी पनि बनाइदियो। पछि त रिचार्ज गर्दागर्दै ५० हजार ऋण लाग्यो अनि भैंसी बेचेर तिरें’, रंगाले खुँसी हुदै भनिन्। रंगाको घरमा अझै तीनवटा लैनो भैंसी छन्। ‘रमाइलो गर्न एउटा भैंसी बेच्नुपरे पनि मलाई कुनै पश्चाताप छैन।

छोरी देवले मोवाइलमा टिकटक चलाएको हेर्दाहेर्दै उनले सिकेकी हुन्। चलाउन सिकेपछि आफ्नै मोबाइल किनेर अछामी भाषामा बोलेर लाइभ बस्न थालेको उनले बताइन्। उनले टिकटक चलाउन थालेको एक वर्ष भयो। उनले भनिन्, ‘गत वर्षका पुसदेखि टिकटक चलाउन सुरु गरेकी हुँ। छोरीले मोबाइलमा टिकटक चलाएको बेला हेरिरहन्थें। रमाइलो लाग्यो।

टिकटक हेर्दा समय बितेको थाहै नहुने रहेछ। दुई÷तीन दिन छोरीले भिडियो बनाउन र लाइभ बस्न सिकाई दिई। त्यसपछि त सिकिहालें। रंगादेवी भन्छिन्, ‘रिचार्ज हाल्दा–हाल्दा उधारो १६ हजार पुगिसकेको रहेछ। पसलेले उधारो धेरै भयो भनेर रिचार्ज नदिने भन्यो। अनि मैले रमाइलै त हो नि भनेर भैंसी बेचेकी हुँ।’ उनले रिचार्जको पैसा तिर्न भैसी बेच्नुपर्‍यो भनेर टिकटक लाइभबाटै भनेकी छिन्। स्रोत: अन्नपूर्ण पोस्टबाट

Comments