हजारौं बिरामीका भाँच्चिएका हड्डी जोड्ने सपना बोकेका डा. श्रेष्ठको आफ्नै हड्डी चिन्न नसक्ने अवस्थामा जलेर नष्ट !

 

पोखरा बाट २ दिनमै फर्कन्छु भनेका ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल श्रेष्ठ १० महिने छोरा र श्रीमतीसँगै विमान दुर्घटना अस्ताए । हजारौं बिरामीका भाँच्चिएका हड्डी जोड्ने सपना बोकेका डा. श्रेष्ठको आफ्नै हड्डी चिन्न नसक्ने अवस्थामा जलेर नष्ट भएका छन्।

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सक दम्पती पनि परेको खुलेको हो । विमान दुर्घटनामा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र छोरी पनि परेको पुष्टि भएको छ । दम्पती स्थायी घर पोखरा जाँदै थिए ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डा. सुशील हिजोसम्म ड्युटी गरेर आजबाट छुट्टीमा थिए । ‘दुर्घटनामा परेको पुष्टि भयो । विमान दुर्घटनामा परेका ७२ जनामध्ये हालसम्म ६८ जनाको शव निकालिएको छ ।

साथै यती एयरलाइन्सले भोलिका सबै उडानहरू बन्द गरेको छ । काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटना हुँदा अहिलेसम्म ६८ जनाको शव फेला परेको छ भने चार जना अझै बेपत्ता छन् ।

विमान दुर्घटनामा परेका ज्यान गुमाएकाहरूको शोकमा सम्पुर्ण उडान रद्द गरेको यती एयरलाइन्सले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । साथै आपतकालिन र उद्दारका उडानहरू भने रद्द नहुने उल्लेख गरिएको छ । विमानमा चालक दलका चार सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए । ३७ पुरुष, २५ महिला, ३ जना बच्चा र ३ जना शिशु विमानमा सवार थिए ।

जसमा ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रसियन, दुई जना कोरियन, अर्जेटेनि,अस्ट्रेलियन, आइरिस र फ्रान्सेली एक/एक नागरिक रहेको यति एयरलाइन्सले जनाएको छ । विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको थियो ।

Comments