अस्पतालमा क्याप्टेन कमल केसी बुवाको आक्रोश – छोराको शव कहिले पाउछौँ ? बिचारीलाई कति पीडा भइरहेको होला श्रीमान छैन भन्ने हुँदा!
- Get link
- X
- Other Apps

दिउँसोको २ बज्नै लागेको थियो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा आइतबार प्लेन दु’र्घट’नामा ज्यान गुमाएकाको शव बुझ्न पुगेका आफन्तहरू तितरबितर भएका थिए । अस्पतालले शव आफूहरूलाई चाँडै दिए हुन्थ्यो भन्ने आशामा बसिरहेका थिए, उनीहरू।
त्यही आशामा बसिरहेका थिए, क्याप्टेन कमल केसीका बुबा विरेन्द्र पनि । उनको छट्पटाहट उनको हाउभाउमा देखिएको थियो । उनी सामान्य हुने कोशिस गरिरहेका थिए । तर, उनको कोशिस बेकार भइरहेको थियो । यो कोशिस अझ त्यति बेला छरपस्ट भयो जब उनलाई कसैले उनको छोराका बारेमा सोधे ।
‘ज्यान गुमाएका सबैलाई हा’र्दिक श्र’द्धा’ञ्जलि’, योबाहेक मसँग कुनै शब्द छैन । यति भन्दै उनी भक्कानिए । उनलाई उनका आफन्तले सम्हाले । सम्हालिने प्रयास गर्दै गरेका विरेन्द्रले भने, ‘हामीलाई चाँडो शव दिए हुन्थ्यो । यसरी शव पाउने टुङ्गो नहुँदा त्यसले अझै बढी पीडा थपिरहेको छ ।’
कमलको शव उनको परिवारले कहिलेसम्म पाउने हो ? परिवारलाई थाहा छैन । अन्य जस्तो उनको शव पहिचान गर्नुपर्ने अवस्थामा पनि छैन । पोखरामै शवको पहिचान भइसकेको थियो । शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर शव आफन्तलाई हस्तान्तरण गर्नुपर्ने मात्र हो ।
तर, त्यसकै लागि पनि ढिलाई भइरहेको छ । कमलको परिवार तीन दिनदेखि शवकै प्रतिक्षामा बसिरहेको छ । विरेन्द्रले भने, ‘हामीलाई तीन दिनदेखि न भोक छ, न निन्द्रा छ । उसको काजकृयाको काम सकाउन पाए अब हामीसँग छैन भनेर चित्त बुझाउने बाटो हुन्छ ।’
कमल जानुको पीडा परिवारका सबै सदस्यलाई उस्तै छ । तर, कमलकी पत्नी र उनकी आमालाई सम्झाउन गाह्रो भइरहेको छ । कमलको बियोगमा उनीहरू अचेत छन् । बुहारी र श्रीमतीका अगाडि आफू बलियो बन्नुपर्ने बाध्यता विरेन्द्रलाई छ । उनले भने, ‘के गर्नु आफूभन्दा अगाडि छोरो जाँदा मलाई कति गाह्रो भइरहेको होला । तर, उनीहरू (श्रीमती र बुहारी) का अगाडि कमजोर बन्न सक्दिनँ । रुन सक्दिनँ । आफूलाई केही बलियो बनाइरहेको छु ।’ यति भन्दै गर्दा उनको गला अवरुद्ध भयो ।
तर, उनी आफूलाई सकेसम्म सम्हाल्ने कोशिस गरिरहेका थिए । फेरि उनका आफन्तले उनलाई सम्झाए । उनी सम्झिए जस्तो गरे । र उनीहरूलाई सुनाए, ‘धन्न नातिले बुहारीलाई सम्हालेको छ । नत्र हामी त के सक्थ्यौँ होला र ? बिचारीलाई कति पीडा भइरहेको होला श्रीमान छैन भन्ने हुँदा ।’
क्यापटेन कमलका २५ र १२ वर्षका दुई जना छोरा छन् । जेठो छोराले बुबाको मृत्युपछि आमा र हजुरआमालाई सम्हालिरहेका छन् । उनी पटक–पटक उनीहरूलाई सम्झाउँछन् । मंगलबार सबै शव बुझ्न अस्पताल पुग्दै गर्दा घरमा आमा र हजुरआमाको जिम्मा उनैले लिएका थिए । नातिले दिएको आडले विरेन्द्रलाई केही सहज बनाएको छ ।
यी सबै कुरा विरेन्द्र आफ्ना आफन्तहरूलाई फरेन्सिक ल्याबअगाडि उभिएर सुनाइरहेका थिए । आफ्नो पीडा आफन्तलाई बाँड्ने कोशिस गरिरहेका थिए । उनी बारम्बार भनिरहेका थिए, ‘सिस्टम गतिलो नभएर हामीले दुःख पाइरहेका छौँ ।’
उनीहरू कमलको अन्त्येष्टि मंगलबार नै गर्ने योजनाअनुसार अस्पताल आइपुगेका थिए । तर, अस्पतालले उनीहरूलाई शव कहिले बुझाउँछ, यसको टुङ्गो अझै लागिसकेको छैन । अस्पताल र मृतकका आफन्तबीच भएको वार्तामा अस्पतालले समय लाग्ने बताएको छ ।
मंगलबार पोखराबाट ४८ वटा शव शिक्षण अस्पतालमा ल्याइएको छ । जसमध्ये २३ वटा शवको पहिचान भइसकेको छ । पहिचान भएका शवको पोस्टमार्टमपश्चात परिवारलाई बुझाउने अस्पतालले जनाएको छ । आजैबाट पोस्टमार्टम गर्न सुरु गरिए पनि कमलको पालो भने कहिले आउँछ, त्यो विरेन्द्रलाई थाहा छैन । एक दिनमा ८ देखि १० वटा शवको पोस्टमार्टम गरिने जनकारी अस्पतालले सबैलाई दिएको छ ।
त्यसमा कमलको पालो पर्सिसम्ममा आउने सक्ने उनले बताए । त्यसो त पोस्टमार्टम र डीएनए परीक्षणका लागि पालो कुर्ने कमलसँगै ४७ वटा शव छन् । पहिचान भएका २३ वटा शव छन् । बाँकी शवको पहिचान हुन सकेको छैन । उनीहरूको डीएनए परीक्षणका लागि आफन्तहरू पालो कुरेर बसिरहेका छन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment