- Get link
- X
- Other Apps

नेपाली फिल्मका अभिनेता पुष्प खड्काले ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका छन्। उनले बिहिबार सरस्वती पूजाको मुर्हत पारेर आफ्नो जन्म घर कैलाली पुगेर आफ्नो व्रतबन्ध सम्पन्न गरेका हुन्। हिन्दू परम्परामा ब्रतबन्ध नगरी विवाह गर्न मिल्दैन।
खड्काले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत ब्रतबन्ध गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘आज मिती माघ १२ गते बिहीवार सरस्वती पूजा को मुर्हत मा हाम्रो पुरानो घर ‘जन्म घर’ हाम्री ममतामयी आमा बुवा दिदी बहिनी साथी इस्टमित्र छिमेकी अनी नजिक का नातेदार अनी मेरा आदरणीय पन्डितजि सबैको उपस्थिती र आशिर्वाद संगै म पुष्प खड्का को ब्रतबन्ध काम सम्पन्न गरेउ।’
तर सबैको अनुमानको खण्डन गर्दै पुष्पले सो तस्बिर आफ्नो व्रतबन्धको नै भएको बताएका छन्। उनी भन्छन, ‘यत्रो ठूलो भइसके। अहिले व्रतबन्ध गर्नुपर्दा लाज पनि लागिरहेको छ। त्यसैले कसैलाई थाहा नदिई व्रतबन्धको समापन गरौ भन्ने सोचेको थिए।’
विवाह खुलाउनको लागि व्रतबन्ध गरेको हो? भन्ने प्रश्नमा हाँस्दै पुष्पले उत्तर दिए, ‘त्यहीँ नै भनौँ। कुरा त हुँदैछ तर फाइनल भएको छैन। विवाह गर्नु अघिपनि थुप्रै कामहरु हुन्छन् नि। ज्योतिष देखाउ। चिना हेराउ। कुण्डली मिलाउ। त्यसैले आजभोलि नै त सम्भव छैन तर छिट्टै नै विवाहको पनि खबर आउनेछ।’
उनले २०७१ साल देखि फिल्म क्षेत्रमा डेब्यु गरेका हुन्। उनले पहिलो पटक फिल्म तुलसी घिमिरेको दर्पण छाया–२ मा अभिनय गरेका थिए भने त्यहि वर्ष नवल नेपालको फिल्म मंगलममा पनि अभिनय गरेका थिए। यस्तै २०७५ दाल भात तरकारी साथै त्यहि वर्ष मारुनी फिल्ममा पनि अभिनय गरेका थिए भने २०७९ मा तिम्रो मेरो साथमा अभिनय गरेका थिए। यस सँगै उनले धेरै म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्।
खड्काले २०७१ मा यंग माइन्ड्स इन्टरटेनमेन्ट अवार्ड, २०७० मा बेस्ट मोडल अफ द इयर, २०७४ मा राष्ट्रिय चलचित्र पुरस्कार, २०७४ मा मंगलब फिल्मबाट उत्कृष्ट अभिनेता पुरुष अवार्ड, २०७५ मा १० औं डी–सिने पुरस्कारबाट सर्वश्रेष्ठ अभिनेता पुरुष अवर्ड र २०७५ चौथो सुन्दरादेवी सन्देश संगीत पुरस्कारबाट सर्वश्रेष्ठ पप मोडेल जीतेका थिए।
- Get link
- X
- Other Apps



Comments
Post a Comment