- Get link
- X
- Other Apps

रुपन्देही सैनामैना ५ कि खिमिसरा हुङचुङ यतिबेला शोकको घडीमा रहेकी छिन् । परिवारकी आशलाग्दी एक्ली छोरी बिमान परिचारीका सृजना हुङचुङ सिर्जु थापाले पोखरामा आज भएको बिमान दुर्घटनामा ज्यान गुमाए पछि उनको परिवार सहित नगर नै शोकमा डुबेको छ ।
छोरीलाई मन पर्ने बटुक बनाएर आमा खिमिसराले जेठी बुहारी मार्फत काठमाण्डौ पठाउने तयारीमा थिईन् । माघे संक्रान्तीको अवसरमा आफ्नै हातले बनाएको बटुक र केही रोटी जेठी बुहारीमार्फत काठमाडौं पुग्दै थियो। तर छोरी सृजनाले आमाले बनाएका यी मिठा परिकार खान नपाउँदै ज्यान गुमाउन पुगिन् ।
जाडोमा कठ्याङग्रीदै छोरीलाई मन पर्ने परिकार तयार त भयो तर खिमसिराले अचानक बिमान दुर्घटना भएको खबर पाईन् । उनि डरले काप्न थालिन् कतै यो दुर्घटनामा छोरी त परिनन् भन्ने पीरले उनलाई सतायो । यती एयरलायन्सकी विमान परिचारीका आफ्नी छोरी सृजनाको अवस्था के भयो होला भन्दै उनि छटपटाउन थालिन् ।
तर उनको शंका सत्य साबित भयो । दुर्घटनामा आफ्नी प्राण भन्दा प्यारी छोरीलाई गुमाउन पुगिन् । बिहानदेखि भक्कानी रहेकी खिमिसरा पकाएर सेलाइसकेका बटुक हेर्दै रुँदै भन्दै थिइन्, ‘हिजो मात्र फोनमा लामो कुराकानी गर्दा धेरै बटुक चाहिन्छ है मम्मी भन्थी।’
उनी रुँदै भन्दै थिइन्, ‘एउटी छोरी, मलाई कस्तो भाको छ के थाहा ? आफैं भिरबाट हाम फालेर मरौं जस्तो भाको छ।’ उनलाई वरपरका छिमेकी सहित आफन्तले संझाइरहेका थिए तर पनि उनको आँसु थामिएको थिएन । परिवारकी एक्ली छोरी सृजनाका २ दाइ १ भाइ छन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment