- Get link
- X
- Other Apps
पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । झापामा श्रीमानले छोरा र आफ्नो बिचल्ली बनाएर कान्छी लिएर हिडेको भन्दै एक महिला रुदै दिदी र काखको छोरोसहित रुदै कराउँदै मिडियामा आएकिछिन । श्रीमानले आफ्नै भतिजी भगाएको भन्दै भक्कानिइन उनी । कठै त्यो सानो नानी भने अपाङ्ग रहेछ ।
पिडित श्रीमतीकि दिदिले भने आफ्नो बहिनी र सानो छोराले पाउनुपर्ने हक अधिकार मिल्नुपर्ने भन्दै भक्कानिइन उनी । घरछेउकै भतिजी पर्ने महिलालाई भगाएर श्रीमान फरार भएपछि यतिबेला श्रीमतीलाई नपर्नुसम्मको चोट परेको छ । फरार श्रीमान सम्पर्कमा पनि आए र काठमाडौंमा रहेको जानकारी गराए ।
फुट्बल खेल्न ताप्लेजुङ जान्छु भनेर हिडेका श्रीमानले भतिजी लिएर हिड्लान भनेर दस मनमा एक मन पनि सोचेकी थिइनन उनले । कठै बरा ! त्यो सानो छोरालाई बाबुले छोडेको अपाङ्ग भनेर पढाईरहेको भन्दै भक्कानिइन दिदिचाहिँ । श्रीमानले भने अहिलेको श्रीमतीलाई छोड्न नसक्ने र जेठीलाई डिभोर्स दिन पनि सक्ने र मिल्ने भए दुबैलाई मिलाएर पनि राख्छु भन्छ्न । श्रीमानले चाँडै आउने कुरा पनि खुलाए ।
बाँकि हेर्नुस तलको भिडियोमा
- Get link
- X
- Other Apps

Comments
Post a Comment