- Get link
- X
- Other Apps
काठमाडौं – चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् ।
कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको बताए । ‘टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको पौडेलले बताए । २०७७ मंसिर १७ गतेदेखि यो श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।
सिररियललाई कुमार कट्टेल जिग्री र पाँडेले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका थिए । ‘सक्किगो नि’ पछिल्लो समय रुचाइएको थियो ।तीन वर्षको लागि गरिएको सहमतिअनुसार २०८० मंसिर १७ गतेसम्म सम्झौताको समयावधि रहेको समेत उनले जनाए ।
हिमालय टेलिभिजनले पनि आजदेखि ‘सक्किगो नि’को प्रसारण स्थागित भएको पुष्टि गरेको छ । नेपाली हास्यप्रधान टेली शृंखलाहरूमध्ये युट्युब च्यानलमा छोटो समयमा सबैभन्दा बढी पटक हेरेर रेकर्ड बनाएको सक्किगो नि टेली शृंखलालाई कुमार कट्टेल, अर्जुन घिमिरे र दीपक आचार्यले निर्देशन गर्दै आएका छन्।
- Get link
- X
- Other Apps

Comments
Post a Comment