- Get link
- X
- Other Apps
अहिले नेपालमा सामाजिक सञ्जाल चलाउँने र सञ्चार माध्यमको पहुँचमा रहेका नेपाली नागरिकहरु रमेश प्रसाई नचिन्ने कमै छन् । उहाँ अत्यन्तै प्रखर वक्ता मात्र हैन चर्चित र दक्ष कार्यक्रम प्रस्तोतापनि हो । उहाँ चर्चित टेलिभिजन ग्यालेक्सी फोर के मा चर्चित कार्यक्रम लाल मोहरको प्रस्तोता पनि हो ।
उहाँको यस कार्यक्रम एकदम मन पराईएको टेलिभिजन कार्यक्रम हो ।चर्चामा आउँन थालेपछि रमेश प्रसाईको जीवनमा निक्कै परिवर्तन आएको छ । उहाँले विवाहित मात्र हैन एक सन्तानको बाबु बन्नुभएको छ । चर्चित सामाजिक अभियान्ता, समाजसेवी नन्दासँग उहाँको लगनगाँठो कसिएको थियो । विवाहको केही समयपछि छोरीको जन्म भएको छ ।रमेश र नन्दा दुबै आँखा देख्न सक्नुहुन्न ।
उहाँकी छोरीले आँखा देख्नुहुन्छ की देख्नुहुन्न होला ? सबैको चासोको विषय बनेको थियो । यसको निराकरणका लागि हामीले अस्पतालसँग सम्पर्क राखेका छौ ।छोरी मान्छेको लागि एउटा आमा बन्नु शौभाग्यको कुरा मान्ने गरिन्छ । जति पिडा भएनी, जस्तोसुकै प्रशव वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफूले बुझेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँनुहुन्छ
बाबुआमाले नै आँखा नदेख्ने भएतापनि छोरीले भने देख्न सक्ने भनेर डा. गहना गुरुङ केसीले बताउनुभएको हो । धेरैले जन्मजात वा वंशानुगतपनि केही असर हुन्छ की भनेर यस्तो जिज्ञासा राख्नुभएको होला । चिकित्सकका अनुसार छोरी रचना एकदमै स्वस्थ हुनुहुन्छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment