श्रीमानले छोराछोरीको बिजोग देखीदेखी सौता ल्याएपछि, श्रीमती भ’क्कानिदैँ मिडियामा(भिडियो सहित)

 


पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल अनि भिन्न बिषयमा रहेको छ । कतिसम्म निर्दयी हुन सकेका होला यी पुरुष, छोराछोरीको यस्तो बिजोग अबस्था देखीदेखि श्रीमान अर्कै महिला लिएर हिडेपछि श्रीमती रुदैरुदै सहयोगको अपेक्षा लिएर मिडियामा आएकीछिन । कठै बरा छोराछोरी दुबै अपाङ्ग रहेछन, श्रीमानले यसरी चटक्कै छाडेर जाँदा छोराछोरीको जिम्मेवारी पुरै उनको काँधमा आएको छ ।

२८ बर्षको उमेरसम्म तुलसी गौतम आमाले यो दुख बोक्दै आउनुभयो, उनको दुखमा सारथि भएर कोहि आएनन । आफ्नै श्रीमानले यो दुखमा मलमपट्टि लगाउनुको सट्टा उल्टै अर्को श्रीमती लिएर फरार भएर झनै चोट थपिदिए । कठै बरा ! अपाङ्ग छोराछोरी अहिलेसम्म हुर्काए अब सक्दिन भन्दै भक्कानो छाडीन आमाले ।

छोराछोरीले पाल्ने उमेरमा आज उल्टै छोराछोरी पाल्नुपरेको छ उनले । एउटी आमालाई यो भन्दा दुखलाग्दो बिषय अरु के नै हुन सक्छ र, सबै आमाबाबुलाई आफ्नो सन्तानबाट केही न केही आशा हुन्छ नै तर बिचरी तुलसी आमा छोराछोरीसँग सुखदुखका कुरा समेत गर्न सक्दिनन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Comments