- Get link
- X
- Other Apps

काठमाडौं । इलामका ३७ वर्षीय प्रेम आचार्यको निधनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । यसैबिच चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएका छन् । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् ।
आफूले शरीरमा आगो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा निधन भएको हो । उनको निधन सँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।
नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् । आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् । यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।
‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् । उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि उनले उनको मृत्युमा आफू पनि दोषी रहेको बताएका हुन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेले लेखेका छन् स् एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र ।
यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपार्इंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।
यो पनि: ठोकर्पा पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति, सिन्धुपाल्चोक। जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ । फार्ममा एक सय २० बाख्रा रहेका थिए । बुधबार बिहान आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोसी–२ का वडाध्यक्ष पूर्णबहादुर महतले जानकारी दिनुभयो । करेन्ट सर्ट भएर आगलागी भएको हुनसक्ने वडाध्यक्ष महतले बताए। आगलागीबाट फार्मको सम्पूर्ण भौतिक संरचनासमेत जलेर नष्ट भएको छ ।
बाख्राका लागि आवश्यक दानलगायत अन्य सामग्रीसमेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिए। स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय जालबहादुर केसीले रु दुई करोड बढी लगानीमा कृषि तथा पशु फार्र्म सञ्चालनको सुरुआत गरेका थिए । विदेशबाट फर्किएका एक जना आफन्तसहित मिलेर सञ्चालन गरेको फार्र्मबाट केही समयपछि नै उत्पादन सुरुआतको चरणमा भए पनि आगालागीबाट सबै क्षति भएको केसीले बताए।
गाउँपालिकाले सहयोग गर्ने स्थानीय युवाको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उद्देश्यले करोडौँको लगानीमा सञ्चालन भएको कृषि फार्र्ममा आगलागी भएपछि युवाको उत्साहलाई कायम नै राख्नका लागि सुनकोसी गाउँपालिकाले सहयोग गर्ने भएको छ । आगलागीको स्थलगत निरीक्षणमा पुगेका गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तत्कालको लागि गाउँपालिकाले रु पाँच लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरे।
त्यस्तै आगालागीबाट जलेको घर निर्माणका लागि विपद् प्राधिकरणमार्फत सहजीकरण गरेर गाउँपालिकाको समेत सहयोगमा घर निर्माण गरिदिने प्रतिबद्धता पनि अध्यक्ष तिमल्सिनाले गरे। वडाध्यक्ष पूर्णबहादुर महतले पनि वडा, गाउँपालिकालगायत अन्य सरकारी, गैरसरकारी सङ्घ संस्थासँग समन्वय गरेर कृषि फार्मलाई पुरानै अवस्थामा सञ्चालनका लागि आफूले पहल गर्ने प्रतिबद्धता गरे ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment