- Get link
- X
- Other Apps

तीन दिनकी नवाजात शिशु ( छोरी) फाल्ने बाबु विरुद्ध सुनसरी प्र”हरीले मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको छ। नवजात शिशुलाई सुनसरीको दुहबी नगरपालिका-१० का ३३ वर्षीय अमितलाल चौधरीले बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जंगलमा फालेका थिए। अमितलाइ प”क्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए।
बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेका थिए। शिशु माघ ४ गते बीपी प्रतिष्ठान मै जन्मिएको चिकित्सकले बताए पश्चात प्र”हरीले शनिबार अमित र बिन्दालाइ प’क्राउ गरेको थियो। बिन्दालाइ रिहा गरेसँगै शिशुलाई आमाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताए।
सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अमितलाइ हिरासतमा राखेर घ”टनाको अनुसन्धान थालिएको बताए। अमितसँगै प”क्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ। उनले नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको बताए। माघ ४ गते जन्मिएकी शिशुलाइ चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जंगलमा लगेर फालेका थिए। जंगलमा वस्तु चराउन गएका गोठालाले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।
बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले नवजात शिशु लाई ह’त्या गर्ने उदेश्यले जंगलमा फाल्ने बाबुलाई प”क्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने सुनसरी प्रहरीलाई धन्यवाद दिए। उनले जनप्रतिनिधि र प्रहरीले बेलैमा शिशुको उद्दार गरी ज्यान बचाउन सफल भएको बताए। इलाका प्रहरी कार्यालय धरानका तीनजन महिला प्रहरीलाइ कुरुवा राखेर शिशुको उपचार गरिएको थियो।
- Get link
- X
- Other Apps
Comments
Post a Comment