- Get link
- X
- Other Apps

काठमाडौं । भ्वाइस अफ नेपाल बिजेता गायक किरण गजमेरको स्वरमा नयाँ गीत ‘दुई किनार’ रिलिज भएको छ । दिल्ली सिन्चुरीको शब्द रहेको गीतमा लेखु सहयात्रीले संगीत दिएका छन् ।
प्रेम र विछोडको कथा बोकेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् । रियल जोडीको रुपमा समेत चिनिएका आकाश र करुणा पछिल्लो समय धेरै जसो म्युजिक भिडियोमा सँग सँगै मोडलिङ गर्ने गर्दछन् । भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।
छायाँकन र सम्पादन फराज अर्पणको छ । सार्वजनिक गीतका गायक गजमेर चाहिं भ्वइस अफ् नेपाल सिजन ३ का विजेता समेत हुन् । उनी हाल नेपालमै बसेर गीत संगीतमा व्यस्त छन् । भिडियो हेर्नुहोस्
- Get link
- X
- Other Apps
Comments
Post a Comment