- Get link
- X
- Other Apps
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल के.सी. र को-पाइलट अञ्जु खतिवडाले उडाएका थिए ।
२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेर पति दीपक पोखरेल गुमाएपछि उडान क्षेत्रमा आएकी कोपाइलट अन्जु खतिवडा पोखरामा भएको विमान दुर्घटनामा परेकी छिन् ।
को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को-पाइलट नै थिए। उनी यती एयरलाइन्समै कार्यरत थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा उनको निधन भएको थियो। श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्। उनको अवस्था अज्ञात नै छ । को पाइलट खतिवडाको एक छोरा र एक छोरी गरी दुई सन्तान रहेको जनाइएको छ ।
यो पनि: पोखरा विमान दुर्घटना अपडेट : ६४ जनाको शव फेला, खोँचबाट शव निकाल्न कठिन- आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा हालसम्म ६४ जनाको शव फेला परेको छ । दुर्घटनास्थलबाट प्राप्त रिपोर्टअनुसार हालसम्म ३० वटा शव निकालेर अस्पताल पुर्याएको र ३४ वटा शव दुर्घटना भएको स्थल सेती नदीको खोँचमा भेटिएका छन् ।
शवहरू गण्डकी अस्पतालमा लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।
दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।
खोँचमा भेटिएका शवहरु अहिले निकाल्ने प्रयास जारी छ । तीन सय मिटरभन्दा गहिरो खोंच रहेका शव निकाल्न कठिन रहेको छ । उद्धार गरिएकामध्ये हालसम्म कोही पनि जीवित भेटिएका छैनन् । जहाजमा दुर्घटनामा ४ जना चालक दलसहित ७२ जना सवार रहेका थिए।
- Get link
- X
- Other Apps

Comments
Post a Comment