- Get link
- X
- Other Apps

गृहमन्त्री रवि लामिछानेले प्रेम आचार्यको आत्मदाह गर्ने निर्णय फेर्न नसकेकोमा आफूहरू दोषी रहेको बताएका छन्। उनले हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा आशा जगाउन नसकेकाले माफी समेत मागेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। गृहमन्त्री लामिछानेले ट्वीटरमा लेखेका छन्,’आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो।
मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुर अस्पताल उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् । डा. कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।
राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थियो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ । त्यसपछि आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । गृहमन्त्री रवि लामिछानेले आत्मआलोचना गर्दै फेसबुकमा पनि यस्तो स्टाटस लेखेका छन् पढ्नुहोस ।
‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।
दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्’।
- Get link
- X
- Other Apps
Comments
Post a Comment