खुशी हुँदै अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाली युवती चिसो बाकासमा नेपाल फर्किइन!

 

नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा एक नेपाली युवती मृ”त अवस्था भेटिएका थिइन । सिड्नीको नेपाल महावाणिज्यदुत दिपक खड्का अनुसार निधन हुनेमा २२ वर्षिय प्रनिता श्रेष्ठ हुन् । न्यु साउथ वेल्स प्र”हरीले घटनाको अनुसन्धान गरिरहेको तथा पोष्टमार्टमको प्रकृया सुरु भइसकेकाले यस बारे थप विवरण दिन नमिल्ने नेपालट्युबलाई जानकारी गराएको छ ।

नेपालट्युबले नेपालस्थित मृ”तकको आमा र सिड्नीस्थित सानी आमा (आमाकी बहिनी )संग सम्पर्क गरिसकेको छ । परिवारका सदस्यहरुका अनुसार मृतक प्रनिता निकै मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो । प्रनिताको शव नेपाल पठाउन सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत सहयोग संकलन सुरु गर्नु भएको थियो । नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १५ हजार डलर खर्च हुने भएकाले उक्त रकम संकलन भएपछि उनको लाश नेपाल आएको हो ।

यो पनि पढ्नुहोस
उपसभामुखका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाकी सांसद समेत रहनुभएकी रानामगरले आज दिउँसो संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । आजै बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले उहाँलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार दलहरुबीच भएको भागबण्डाका आधारमा उपसभामुख पद रास्वपाले पाउने भएको हो ।

उम्मेदवारी दर्ताका क्रममा रानामगरलाई रास्वपाकै सांसद सोबिता गौतमले प्रस्ताव गर्नुभयो भने नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राप्रपाका अध्यक्ष एवं उपप्रधानमनत्री राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको छ । उभसभामुखका लागि भोलि शनिबार निर्वाचन हुँदै छ ।

Comments