पोखरा जहाज दुर्घटनाबारे बोले वियज लामा, दुखी हुँदै सबैलाई गरे यस्तो आग्रह (भिडियो सहित)

 

पोखरा जहाज दुर्घटनाबारे पाइलट वियज लामाले दुखी हुँदै आफ्ना कुराहरु राखेका छन् । पोखराको सेती नदी खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनाका भएको थियो। आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।

उक्त जहाज दुर्घटनाबारे वियज लामा लेख्नुहुन्छ- आज पोखरामा भएको हवाइ दुर्घटनाले हामीलाई मात्र होइन, सन्सारलाई नै स्तब्ध बनाएको छ। दुर्घटनामा परि ज्यान गुमाउनेहरुका परिवारहरुलाइ कति ठूलो चोट परेको होला हामी सोच्न पनि सक्दैनौ । दिवङगत आत्माहरुको चिर शान्तिको कामना साथै हार्दिक श्रद्धाञ्जली! यसका साथै सम्पुर्ण पत्रकार मित्रहरुलाई समाचार सम्प्रेषण गरि प्रस्तुत गर्नु अगाडि ससंवेदनशील भैदिनु हुन पनि आग्रह गर्न चहान्छु ।

यस्तै क्याप्टेन कमललाई उहाले लेख्नुहुन्छ- “Brother Good Morning” सधै आकाशमा नै कमलले, मलाइ wish गर्ने गर्थ्यौ यसरी कहिले न बिराइ कन! अब यसरी तिम्रो आवाज कहिले पनि सुन्न नपाइने भयो कमल उडान भरेको बेला! मलाइ अझै पनि ती दिनहरु सम्झना छ जब तिमिले ने बा नि मा प्रबेश गरेका थियौ तीन दसक अगाडी! एउटा होनहार विमान चालकको गुण लिएर आएका थियौ।

तर के गर्नु नियतिको खेल ले छोडेन आखिरमा लिएरै गयो तिमिलाइ brother! तिमी जहाँ गए पनि जस्तो भए पनि we will always miss you! तिम्रो लागि सधै प्रार्थना गर्ने छु बैकुण्ठ बासको लागि! Heartfelt condolences to the bereaved family! May God give you all the strength to pass through this hard times!

पोखरामा दुर्घटनाग्रस्त विमानमा ५३ नेपाली र १५ विदेशी नागरिक थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएका जानकारी अनुसार पाँच भारतीय, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १–१ जना गरि जम्मा १५ जना विदेशी नागरिक थिए ।

जसमध्ये जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयश्क रहेको खुलको छ । जम्मा ७२ जना रहेको यतीको ९एन–एएनसी एटीआर–७२ आइतबार बिहान कास्कीको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल स्रोतका अनुसार दुर्घटनास्थल पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किमी टाढा माात्रै छ ।

Comments