- Get link
- X
- Other Apps

पोखरामा अस्ति बिहान दुर्घटनामा भएको यति एयरको विमानमा लोकगायिका निरा छन्त्याल पनि रहेको खुलेको छ । ६८ जना यात्रुमध्ये गायिका छन्त्याल पनि सोही विमानमा माघी पर्व मनाउको लागि पोखरा गएकी थिइन् ।
यति एयरलाइन्सले उपलव्ध गराएको यात्रुहरूको नामावलीमा उनको नामपनि समावेश छ । गायिका निराले हिजो फेसबुकमा आफू पोखरा जान लागेको समेत जानकारी गराएकी थिइन्। ‘‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेकी थिइन्।
उनले आज बिहान फेसबुकमार्फत माघे सङ्क्रान्तिको शुभकामना समेत व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन्। दुर्घटनापछि गायिका निराको अवस्था खुलेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाज वरिष्ठ पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले प्लेन उडाएका थिए ।
मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम आज भएकाले परीक्षण सुरु गर्न नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मृ”तकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ । चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दु”र्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment