विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

 

ढोरपाटन-बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ । यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउँपालिका–३ सिसाखानीको छन्त्यालको परिवारलाई गाउँपालिकाले राहत स्वरुप रू ५० हजार उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले लोक तथा दोहोरी गायिका छन्त्यालको परिवारलाई घरमै पुगेर सहयोग उपलब्ध गराएको थियो । यो राहत उहाँको परिवारको घाउमा मलहम लगाउने प्रयास भएको उहाँको भनाइ छ । “हामीले एक जना राष्ट्रको गहना गुमाएका छौँ, यसबाट सिङ्गो राज्य स्तब्ध भएको अवस्था छ”, उहाँले भन्नुभयो, “यस घडीमा उहाँको परिवारलाई सहयोगको आवश्यक छ ।” उहाँले छन्त्यालको परिवारलाई आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो’, पाइजाले भन्नुभयो, दुई-तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए । निरा रेडियो सारथीले आयोजना गरेको एक प्रतियोगितामा बिजेता पनि बन्नु भएको थियो ।

सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल ६ वर्ष अघि काठमाडौं छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै कञ्चनापुर प्रा. बी. र सिसाखानी मा. वि. मा पूरा गर्नुभएको थियो । सिसाखानी मा. बि. का शिक्षक कमल भुजेलले पनि आफ्नो विद्यालयले गर्व गर्न लाएक बिद्यार्थी गुमाउदा गाउँसँगै बिद्यालय परिवार पनि स्तब्ध भएको बताउनुभयो ।

Comments