- Get link
- X
- Other Apps
माघे सङ्क्रान्ति तथा माघ महिनाको शास्त्रीय महत्व! माघे सङ्क्रान्ती किन मनाउने ?? सौरमानले माघ महिना सुरु हुने दिनलाई माघेसङ्क्रान्ति भनिन्छ। अर्थात् सूर्य यौटा राशिबाट अर्काे राशिमा प्रवेश गर्ने वा सर्ने क्रियालाई सङ्क्रान्ति भनिन्छ। यस दिन सूर्य धनुराशिबाट मकरराशिमा प्रवेश गर्ने हुँदा यस दिनदेखि सूर्य उत्तरायणमा जान्छन् ,भन्ने शास्त्रमा उल्लेख छ।
त्यसैले यस दिनमा स्नान ,दान, तपः ,श्राद्ध तर्पण, हाेमादि गर्दा ठुलाे पुण्यलाभ हुन्छ। यस बारे हेमाद्रिमा यस्ताे उल्लेख छ- रवेःसङ्क्रमणं राशौ सङ्क्रान्तिरिति कथ्यते। स्नान-दान-तपः-श्राद्ध- हाेमादिषु महाफला।।
सङ्क्रान्ति स्न्नानको बारेमा धर्मसिन्धुमा यस्ताे उल्लेख छ- रविसङ्क्रमणे प्राप्ते न स्नायाद्यस्तु मानवः। सप्तजन्मसु राेगी स्यान्निर्धनश्चैव जायते।।अर्थात् यदि सङ्क्रान्तिका दिनमा कुनै मनुष्य स्नान गर्दैन भने सात जन्म सम्म राेगी हुन्छ साथै दरिद्र पनि हुन्छ।
यस्तो शास्त्रमा उल्लेख गरिएको हुँदा यथाशाक्ति स्नान दानादि गरेर आफुलाई विभिन्न राेगहरुबाट र अन्य धनसम्बन्धि बाधाहरुको निवारणको लागि पनि सङ्क्रान्तिको दिन स्नान गर्नु विशेष फलदायी रहन्छ। मनुष्यले सधैँभरि स्नान गरेपछि सूर्यनारायणलाई सामान्य अर्घ्यदान दिनु नै पर्दछ भने माघमहिनामा स्नान गरी सूर्यनारायणलाई विशेष अर्घ्यदान पनि गर्नुपर्दछ ।
धर्मसिन्धुमा यस्ताे पनि उल्लेख छ-तिलस्नायी तिलाेद्वर्ती तिलहाेमी तिलाेदकी । तिलभुक् तिलदाता च षट्तिला पापनाशनाः।। माघ महिनाकाे कृष्णपक्षकाे एकादशीलाई षट्तिला एकादशी भनिन्छ । त्यसैले सामान्यतः माघमहिनाभरि र विशेष गरी माघकृष्ण एकादशी तथा माघशुक्ल सप्तमीका दिन तिलकाे ६ किसिमबाट प्रयाेग गर्नुपर्दछ –
१-स्नानगर्दा तिलकाे प्रयाेग गर्ने अर्थात् तिल मिसाएकाे पानीले स्नान गर्ने ,२-तिलकाे बुकुवा गर्ने ,३-तिलकाे हाेम गर्ने ,४-तिल मिसाएकाे जलले तर्पण पूजा गर्ने र पानी पिउँदा तिल मिसाएर पिउने,५-तिल खाने,
६- तिल दान गर्ने गर्दा मनुष्यका सम्पूर्ण पाप नाश भई पुण्यलाभ हुन्छ भनिएकाे हुँदा यसैशाास्त्रका आधारमा हाम्रा समाजमा माघे सङ्क्रान्तिका दिनमा हवन गरी तिलक लगाउने परम्परा छ यसका साथै तिलका लड्डू बनाएर दान गर्ने र खाने पनि परम्परा चलेको छ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment