हृ’दयविदा’रक दु’ र्घटना: दाँत देखेर श्री’मानले चिने प्रे’मविवाह गरेकी श्रीमती, १० महिने छोराको मुख अब कहिले देख्न पा’एनन्…

 

काठेखोला गाउँपालिका ( बिहुँकोट, बागलुङ ) कार्यलयका कार्यलय सहयोगी रामाकान्त पौडेलको बुहारी – बागलुङको बडिगाड गाउँपालिकामा अमिन काम गर्ने श्रीमान् प्रदीप पौडेलको श्रीमती रचना काफ्ले पौडेल र छोरा रियान पौडेलको समेत मृत्यु भएको खवरले सिंगो गाउँपालिका स्तब्ध र मर्माहत भएको छ !

आमाको काखलाई संसार मान्ने रिहानको नाम केही महिनाअघि गरिएको जन्मदर्तामा मात्र सीमित छ । तर, उनको जन्मदर्ता अब प्रयोगमा आउने छैन । त्यो जन्मदर्तामा हस्ताक्षर गरेर आफ्नो सन्तान प्रमाणित गरेकी रचना पनि छोरासँगै अस्ताएकी छन् ।

यती एयरलाइन्सको दुर्घटित विमानबाट आइरहेको त्यो धुवाँमा १० महिने रिहानको शरीरको अंश पनि मिसिएको थियो । कारुणिक त्यो दृश्य त्यहाँमात्र सीमित रहेन, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसम्म नै रह्यो ।

दुर्घटनास्थलमा हेर्नेहरु बढी थिए, अस्पतालमा चाहिँ रुनेहरु ।
त्यही भिडमा प्रदीप थिए । उनले खोजिरहेका थिए, ‘आफ्नी जीवनसंगीनी रचना र प्रेमको निसानी रिहान ।’

प्रहरीको सुरक्षाका बीच पालैपालो एम्बुलेन्सले साइरन बजाएर क्षतविक्षत शवहरु बोकेर आयो । हरेकपटक एम्बुलेन्स आउँदा हृदयांश गुमाएका आफन्तहरु आफ्नै मान्छे लिएर आएकी भनेर भिजेका आँखा उघार्थे ।त्यही एम्बुलेन्सको एउटा साइरनले प्रदीपको श्रीमती र छोरा लिएर आयो ।

जलेको शव हेरेर आफन्त छुट्याउन गाह्रो पथ्र्यो । प्रदीप पनि आफ्नो नाम टिपाएर भित्र गए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनभित्र रहेका शवहरुको लस्कर हेरेर तत्कालै शव छुट्याउन सकिने अवस्था थिएन । एकएक शव हेर्दै गएपछि प्रदीपले चिने, प्रेमका खातिर उनलाई साथ दिन आएकी रचना, अनि छोरा रिहानलाई ।

प्रदीपसँगै रहेका दिवाकर पौडेलले भने, “बुहारीलाई चाहिँ दाँत देखेर पहिचान भयो । छोरालाई उसले (प्रदीप) सहजै चिन्यो ।”
प्रदीपले चिनेमात्र । बोलाएर उनीहरु अब बोल्दैनन्, छोराको तोतेबोली सुन्ने उनको पनि इच्छा हुँदो हो । श्रीमतीसँग घरायसी जीवनदेखि दाम्पत्य जीवनको बारेमा घरसल्लाह गर्नु थियो होला । तर, उनले श्रीमतीको आवाज अब सुन्न पाउने छैनन, न छोराको ।

पोष्टमार्टम भवनभित्र उनलाई सनाखत गर्ने व्यक्तिको हस्ताक्षर गर्न लगाइयो । दुई ठाउँमा हस्ताक्षर गरेका उनले लेखे, ‘श्रीमान्’ र ‘बाबु’ ।जसरी रिहानको जन्मदर्तामा अनि रचनाको विवाहदर्तामा उनले हस्ताक्षर गरेका थिए, त्यो हस्ताक्षरको सम्बन्धमा भावना जोडिएको थियो । तर, आइतबारको सनाखतको हस्ताक्षरले एउटा जीवन उजाडेको छ ।(तस्बिर: गलकोट अपडेट)

Comments