- Get link
- X
- Other Apps

काठमाण्डाै । बालिका बला’त्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मङ्गलवार न्यायाधीश काेमप्रसाद आचार्यकाे एकल इजलासले बलात्कारकाे आराेपमा दाबी नपुगकाे भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् ।
उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौरन दुरुपयोगसम्बन्धी अभियोगमा गएकाे भनाै २१ गते दुई वर्ष छ महिना कैद र २५ हजार रुपैयाँ जरिबानाबापातकाे फैसला सुनाएकाे थियाे । साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएकाे थियाे । त्याे सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले गएकाे कात्तिक २५ गते उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।
गएकाे फागुन ११ गते बालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाेमा पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । ती बालिकाले शाहले तनहुँ र नवलपुरमा गरि दुई ठाउँमा ब’ लात्का’ र गरेको बताएपछि बेग्लाबेग्लै अनुसन्धान भएर दुई फरक जिल्ला अदालतमा मुद्धा दायर भएको थियो ।
नवलपुर जिल्ला अदालतले ज’ बर्ज’ स्ती क’ रणी’ को अभियोग आएपनि बाल यौ’ न दु’ र्व्यवहारमा दोषी ठहर गरेर फैसला सुनाएको थियो। शाह करिब एक वर्षयता थुनामा छन् । पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले ब’ लात्का’ र मुद्दामा शाहलाई सफाइ दिएको थियो।
पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतबाट बदर भएर सफाइ पाउने ठहरे भने उनको जेल यात्रा छोटिन सक्नेछ । तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताउँदै यसमा चित्त नबुझे सरकार पक्ष उच्च अदालतमा जान सक्ने बताए। पीडित पक्ष भने उच्च अदालत जाने सम्भावना छैन। उनीहरुले यसअघि नै पल निर्दोष रहेको बयान दिइसकेका छन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment