घरमा राख्नुहोस् मात्र यो चीज, नकारात्मक उर्जा नष्ट भइ हुन्छ धनको वर्षा

 


शास्त्रमा उल्लेख गरिएका यी उपाय अवलम्बन गर्दा धनवान बन्नमा आइरहेका अडचनबाट पार पाउन सकिन्छ। यस्ता उपायले धनयोगलाई प्रवल गरिदिन्छन्। यो आलेखमा एउटा त्यस्तै उपायबारे उल्लेख गरिएको छ, जसललाई अपनाउँदा धनयोग प्रवल हुन्छ।

चाँदीको हात्ती: हिन्दू धर्ममा हात्तीलाई एक पवित्र पशु मानिन्छ । किनकी यो पशुको सम्बन्ध विध्नहर्ता मानिने भगवान गणेशसँग छ । यसकारण हात्तीको पालन तथा पूजा गर्नु अत्यन्त शुभ मानिन्छ। यस्तो मान्यता छ कि हात्ती पाल्ने व्यक्तिले कहिल्यै धनको अभाव वेहोर्नु पर्दैन। तर अहिलेको समयमा यति धेरै ठूलो जनावर पाल्नु सम्भव छैन।

यसको विकल्पमा मानिसहरु चाँदीबाट बनेको हात्ती घरमा ल्याउने गर्छन् । चाँदीबाट बनेको हात्ती वास्तुशास्त्रका अनुसार धेरै शुभ मानिन्छ। एक त चाँदी अनि त्यसमा पनि हात्ती १ दुईटैले सकरात्मकता ल्याउने काम गर्छन्। चाँदीबाट बनेको हात्ती घर तथा कार्यालयमा राख्दा विभिन्न प्रकारका वास्तु दोष कम हुन्छन्। वास्तुशास्त्रमा कैयौं वास्तु दोषबारे उल्लेख गरिएको छ।

यस्ता दोषका कारण व्यक्ति धनवान बन्ने सम्भावना पनि कम हुन्छ। यदि यी दोषलाई नष्ट गरिदियो भने घरमा लक्ष्मीको वास हुने मान्यता छ।कुनै पनि आकारको चाँदीको हात्ती यदि घर तथा कार्यालयको टेबलमा राखियो भने धन प्राप्तिको योग बन्न जान्छ। चाँदीबाट बनेको हात्ती घरको उत्तर दिशामा राख्नुहोस्।


Comments