दुई मुटु दुई तिर भएर नबस्ने भन्दै अमेरिका र अष्ट्रेलियाबाट आएका श्रीमान श्रीमती एउटै चितामा सेलाए

 

पोखरा । आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सका यात्रुहरुको थप विबरण आउने क्रम जारी छ । दुर्घटनामा परेको विमानमा डाक्टर, पत्रकार, संगीतकार, लगायत सर्वसाधारणहरु सवार थिए । जसमध्ये विदेशबाट आएका यात्रुहरु पनि थिए ।

जसमध्ये पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट र उनकी पत्नि अनुष्का गुरूङ अष्टेलियादेखि काठमाडौं आएर विबाह दर्ता गर्ने योजनामा पोखरा जाँदै थिए । तर उनीहरुको घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने सपना आकाशबाटै अस्तायो । सँगै बाँच्ने कसम खाएका उनीहरूले एकै ठाउँमा ज्यान गुमाए ।

छिट्टै भेट्ने गरेर छुट्टिएका उनीहरू भेटेर पोखरा जाने योजनामा थिए । काठमाडौंबाट जुन जहाजमा उनीहरू पोखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खोँचमा दुर्घटनामा पर्‍यो । उनीहरुले पोखरा पनि टेक्न पाएनन् ।

दुई मुटु दुईतिर भएर नबस्ने भन्दै यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने योजना बनाएर जन्मभूमि आएका उनीहरुले २ विवाह गरेका थिए । विवाहसँगै उनीहरू फेरि छुट्टिन विवश थिए, कास्की दाङसिङकी अनुष्का अष्ट्रेलियामा पढ्दै थिइन् भने शिवको अमेरिकामा व्यापार ।

उनीहरुलाई माघको ४ गते घरमा नवदम्पतीलाई भित्र्याउने योजना रहेको अनुष्काको परिवारको तयारी थियो । ७६ वर्षीय सुबेदार भक्तबहादुर र ७२ वर्षीय आमा बुद्धि सुब्बा गुरूङ छोराको बाटो हेरेर बसिरहेका थिए । तर, उनीहरूको सपना सँधैका लागि अधुरो बन्यो । छोराबुहारीको मृत्युको खबर आउँदा उनीहरू विक्षिप्त छन् ।

Comments