- Get link
- X
- Other Apps

बागलुगकाे सिसाखानीमा २०५७ सालमा जन्मिएकी निरा छन्त्यालकाे सानैबाट गायिका बन्ने सपना थियाे त्यही सपना पुरा गर्न उनी ४ बर्षअघि काठमाडाै पुगेकी थिइन् । घरकी कान्छि छाेरी निरा कान्छि छाेरी मात्र थिइनन घरकी खम्बा पनि थिइन । उनले पोखरा जान लाग्दा म्यासेज मार्फत म घर आउदै छु भनेकी थिइन् ।
बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ । लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगत्ले एउटा प्रतिभावान् कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । “प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गथ्र्यो”, गायक खत्रीले सम्झिनुभयो ।
बाबा अामाकाे रेखदेख मात्र नभइ अार्थि रुपमा पनि साथ दिइरहेकी थिइन गीत गाएर नै उनले बाबा अामाका लागि बिकट गाँउबाट केहि तल बजरमा सानाे घर बनाएर राख्ने सपना सजाएकी थिइन । उनकाे दिनहरु सुखद चल्दै थिए उनी सफलताकाे सिढी चढ्दै थिइन तर एक्कासी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा उनकाे मृत्यु हुन पुग्या।
जहाजसँगै उनका सपनाहरु पनि सेतीकाे खाेचमै बिलिन हुन पुगे उनीसँगै उनका ती सपनाहरु पनि सेती नदीमै सदाका लागि अस्ताए । गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गत वर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाउनुभयो ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment