- Get link
- X
- Other Apps
पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटना स्थलबाट ३५ जनाको शव निकालिएको हो । पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।
भर्खरै सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला हुनै लाग्दा विमान दुर्घटनामा पर्नुलाई हवाई क्षेत्रका व्यक्तिहरुले नै आश्चर्यका रुपमा हेरेका छन् । सुगम भौगोलिक क्षेत्र र विमानस्थल नजिकै विमान खस्नु निकै दु:खद् घटना भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ ।
‘अवतरणको बेला टर्निङ लिँदा समस्या छ भन्ने सुनेको हो, आज त्यै समस्याका कारण दु:खद् दुर्घटना भएको अनुमान गरेका छौँ ।’ यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो। विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।
वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन्।
- Get link
- X
- Other Apps

Comments
Post a Comment